Sunday, 3 November 2019

दोस्रो उडान



किरिङ्ग....... किरिङ्ग....... फोनमा बजेका आलारामको कर्कश ध्वनीले सायराको निन्द्रा भंग गर्‍यो, सिरानी छेउमै एकोहोरो बजेको फोनको बटम दबाइ बल्ल शान्त भयो ठाँडो यसो समय नियाली मोबाईलमा देखियो ५:०० AM फोनमा किन आलाराम लगाएको थिएँ सोच्दा सोच्दै फोनमा घण्टी बज्यो, रमेश अङ्कलको रैछ फोनबाट आवाज आयोतयार होऊ, हामी लामडाँडा आइसक्यौ अनि एक पछि अर्को गर्दै सबै हिजो रातिका झझल्काहरु दिमागमा छरिन थाले आमा, दिदी एकातिर हुन्न भन्ने बुवा दाइ उनीहरुको विरोधमा बोल्ने फुपु दिदी मेरा अघि नकराओ भन्दै झिझो मान्ने एक भाउजु थिइन जो शान्त भइ यी सब कुराहरु सुनिरहन्थिन आमाले भनेथेकेही समय कुरौ पहिले पनि घर बिग्रिएकि छोरी यस्तो समय उसलाई नर्क जस्तो जिन्दगिबाट निकाल्न कति सास्ती खेप्नु पर्‍यो । सोचेका छौ ? अब केटो राजकुमार नै किन नआओस, केरकार नगरी साँक्षी नराखी छोरी दिनेनै हाइने बुवा जेठी दिदी एकमुख लागे, “केटो पढेलेखेको , ज्ञानी पनि, सम्पतिमा सम्पति , अझ कुमार केटो भइकन सायराको जीवन सर्पान कै लागि संगै भए मात्रै बिहे गर्छु भन्दै यो पुण्य हो, सायरा माथि ठूलो कल्याण हो किन बुझ्दैनौ तिमीहरु ?” कति कति खेर होसियारी गराउँदै बुवाले भने, ”अलिक दिनका लागि पनि काठमाण्डौं जान्छु, दाइ जागिरमा घरमा तिमीहरु महिलाहरु मात्र, फेरी डिभोर्स भएर के हुन्छ गाँउ भरि त्यही घर बाटै गुण्डा लगाएर अपहरण गर्छु भन्ने किसिमका हल्ला गर्दै हिड्छ रे घर सबैको सुरक्षा बारे पनि सोच्नुपर्छ फेरी जति नै बुझे नि कुरा केटा केटीको हो उनीहरु राजी खुशी छन, हामीले हस्तक्षेप गरेर हुन्न यही केटो नभए अर्को आए नि अधबैसे, छोराछोरीको बाउ आउला यसलाई ठूलो बुवाले यति भनिसक्दा ढोका छेउमै उभिएकी सायराको बत्तीको टकमा टिलपिल टल्किएका आँखाहरु देखिए दुई मत हुँदाहुदै आमा दिदी एकातिर लाग्छन आमा ढोका बाट निक्लिदा पनि मेरी छोरीलाइै कसैले कान नभरिदेओ भन्दै निस्किइन ठूलो बुवा दाइले कोइ नभए हाम्रो साथ तँ जा आफ्नो सुरक्षाका लागि जा अब जिन्दगी बनाउने जिम्मा आफ्नै हो तेरा एउटा गल्तीलाई हामीले मौका दिइसक्यौ अब अर्को गल्तीका लागि हामी जिम्मेवार रहन्नौ सजग रहनू यति भनेर बुवा दाइ नि हिडे सायरा त्यहीँ अगेनाको बलिरहेको कोइला हेर्दै कति खेर निदाइ पत्तै पाइन हिजो रातिका स्मृति सङ्घेल्दै गरेकी सायरालाई फेरी दोस्रो फोनको घण्टीले झक्झकायो फोनमा रमेश अङ्कललेहामी माथि रोडमा गाडी रोकेर बसेका छौ छिटो गर भन्दै फोन काटे धारा माथि सुकाउन राखेको एक जोडी कुर्ता सुरुवाल थ्यो त्यो लगाई धारामा हात मुख धोइ, सायरा निस्कि आमा माथि गोठमा थिइन भाउजु खोले पकाउदै अरु सबै मस्त निन्द्रामा थिए हातमा केही लत्ताकपडा नबोकी, कसैलाई नउठाई सायरा अघि बढी , त्यही ठाउँ जहाँ रमेश अङ्कलले आउन भनेका थिए उसका हातपाउ डरले अघि सर्न लर्बराइरहेका थिए मनले भने आफैलाई दोषी मानिरहेको थियो आफ्नै घरमा केही बिराएर हिडे जस्तो, कसैलाई गलत गरेर अपराधी जस्तै मुख लुकाएर हिडे जस्तो

दुई वर्ष अघि पनि यसरी नै यस घरबाट हिडेकी थिई तर त्यो समय त्यसरी हिड्दा के के नै होला भन्ने थियो, मनमा उत्तेजना थियो तर यस समयमा मनमा डरले डेरा जमाएको थियो दुई वर्ष पछि उसले फेरी त्यसरी नै हिड्ने निर्णय गरेकी थिइ जसमा थोरैको मौन सहमति थियो धेरैको असहमति तर यस पटक उसलाई असहमतिले धेरै फरक परेको थियो सायद दुई वर्ष अघिकी सायरा भएकी भए, यहीँ असहमतिले पनि उसलाई कुनै असर गर्दैन्थ्यो होला उसको मनमा दुविधा थियो कि त्यसरी हिड्दा पहिल्यै जस्तो घरपरिवारले कङ्कलो गर्दै हिड्लान कि राति कुरो चलेकै थियो, हिडिछ भन्दा हुन

सायद आज यसरी हिड्दा कसैलाई ठूलो धोका नहुदो हो जुन त्यो समय भएको थियो स्कूल जानु अघि दाउरा लिन जङ्गल गएकी छोरी घण्टौ नफर्किदा   जङ्गलमा लडिरहेको डोको देख्दा सायद जङ्गली जनवारले टिपेर खायो होला भन्ने काटे सबैले भाग्न पनि सक्थि त्यो पछि मात्र सोच्न सके जब घरमा लत्ताकपडा जम्मा परेको खुत्रुकेको पैसा भेटिएन माथि रमिते गाँउको नाता पर्ने अल्लारे ठीटोसंग भागी थि,  बाँधिनु नै नहुने नाता थियो त्यो यत्तिका समय बाउआमा काठमाण्डौ छन भन्दै माया गर्दै श्यामेलाई खान लाउन दिएर पुल्पुल्यार राख्या त्यत्रो,  दरिलो झापड थियो त्यो सारा गाँउलेले एक अल्लारे केटोलाई त्यसरी घरको भतुवा नबनाउन भन्दा नि बेवस्ता गर्दै दूध भात खुवाएको माथि दरो बेइमानी थियो त्यो छोरी फकाएर, जालझेल गरी लग्यो भनेर बाउ खालमा ठूलै चर्काचर्की पर्‍यो । तर जब सायराले नै आफूखुसीको विवाह हो भनेर अदालतमा स्वीकारी तब माइती बोल्न सके आफन्त वा गाँउले नै आफ्ना पाइला अघि सार्दै जाँदा आफ्नो १८ वर्षको उमेरको नमिठो गल्तीमा दुई थोपा आँसु झारी उसले घर माइती नजिकै, पानी पधँेरो जाँदा नि भेटिने, बाख्रा चराउन जाँदा नि, आखिर माइतीले उसले गरेको गल्ती भुल्न थाले स्वीकार्ने इच्छा जगाएँ घरका पुरुष सिवाय सबै उसलाई खाजा दिन खर्च दिन थालेका थिए यिनै बीचमा उसलाई त्यो सम्बन्धबाट छुटाउन हरेक किसिमका प्रयास माइती तर्फबाट भइरहे त्यो साल उसले एस.एल.सी. पनि दिई गाँउमा हरेक किसिमका लुटपाट, कुटपिट जस्ता उदण्ड क्रियाकलापमा श्यामेको नाम आउथ्यो एक नम्बरमै सायराले खान पाएकी थिई, एस.एल.सी. पछिको पढाइ केटाकै बाउआमाको खर्चमा पढ्न पनि पाएकी थिई यो बीचमा दिदी, आमाले उसलाई केटाका हजारौ अवगुण दर्साउँदै समय रहदा नै छुटिन उत्तेजित गरिरहेँ अन्तत दुई वर्षको यस्तो जीवन पछि उसले पनि छुटिने निर्णय लिई

यस निर्णय पश्चात माइत नै आई तर पारपाचुकेको निर्णय एकतर्फी रह्यो केटा पक्षले हर तरहका भाडभैलो गर्न कुनै कसर छोडेनन् आइमाइ मात्रै भएका घरमा माथिल्लो रोडमा ठूल्ठूलो स्वरमा थम्की दिने, जाड खाएर ग्याङ् लिएर चिच्याउँदै गीत गाउँदै हिड्ने, गाँउभरि तथानाम बोल्दै हिड्ने जस्ता हर किसिमका दुव्र्यवहार देखाइरहे सायराको सुरक्षा कै लागि घरका कोही कोही खटिरहनुपर्ने अवस्था थियो यस बीचमा सायराको पढाइ पनि पूरा हुन लागेको थियो राम्रो खान लाउन पाएर खुशी थिई तर उसको आत्माबल नराम्ररी डगमगाएको थियो

ठिक्क एक वर्ष पूरै लाग्यो डिर्भोस तारत्मय मिलाउन यस बीचमा पनि हुनसम्म भयो कति खर्च भयो, बुढी आमा , दिदी कति पटक सदरमुकामको ओहोरदोहोरमा परे, कत्ति पटक श्यामको उदण्डताका कारण त्यो जेल पर्‍यो र यसै मुद्दामा खटिन हिड्दा भानदाई जिप दुर्घटनामा परेर आज पनि सहारा नभई हिंड् डुल गर्न नसक्ने अवस्थाको भाछन आफन्त संग नै कति भनाभैरी भयो कति सम्बन्धहरुमा उथलपुथल आए सायरा सोच्दथी कि सब ठीकठाक हुँदै थियो सोच्दथी कि उसले फेरी पनि आफुले गुमाएको स्थान माया पाउनेछे सायद यो सब सोचे जस्तो सजिलो थिएन् दिन व्यतीत हुँदै गए घरपरिवारबाट अपेक्षित माया स्थान मिल्यो तर त्यो सब आफ्नै छिमेक आफन्त जनबाट हुन सकेन तल्लो घरकी काकीकोमा ठूलो सप्ताह पुराण लाग्या थियो सारा गाउँबाट मान्छे आए सायरा पनि दिदी आमासंग पुगी त्यहाँ सेल हाल्दा हाल्दा आगोले रापिए भनेर ठूलीकान्छीले एकछिन आराम खोजिन सायराले पीठोमा हातमात्रै के हाल्न खोजेकी थिइन् काकीले च्याप्पै हात समाइ मिल्काइीदइन् रिसले ओहिरिन, “तँ जन्मिना साथ बाउ बिरामी भएर मर्यो भिनाजु तँ मै ज्यान दिन खोज्थे ती पनि मरे तँलाई छुटाउन आमा दिदीले पनि त्यतिकै सास्ती खप्नुपर्‍यो तेरै निम्ति हिड्दा दाजु लडेर कुजो हुनुपर्‍यो   अर्काका कुलमा पसिसकेकी कसरी मेरो काज्र्यमा पस्ने हिम्मत गरिस यो काम पनि बिगार्ने हेतु हो कि तेरो ?” यो गाली सायराले मात्रै सुनीन,  मतान, घर, गोठ पल्लो छिमेकसम्म चारै दिशामा गुञ्जायमान भयो यति दुःख खपी छोरीलाई घर ल्याउन पाएको खुशी मनाउँन नपाउँदै यक्ति ठूलो बज्र प्रहार थियो सायराकी आमा माथि त्यो पूजाको घरमा घमासन भनाभन भयो वर्तमानको गल्ती माथिको प्रहारलाई प्रतिघात गर्दै सायराकी आमा तल्ला घरे काकीका पुराना गल्ती पर्दाफास गर्न थालिन् झगडा साम्य पार्ने कोसिसमा सायरा परिवारलाई गाँउलेले पूजामा नरहन समेत भने पनि परिवारले उसको गल्तीलाई माफि दिएर जीवन टेकाउ गर्न ठूलो सहारा दिए पनि त्यो दिन काकीको त्यस्तो छुद्रव्यवहारले आफूले पहिले जसरी अस्तित्व स्थान पाउन नसक्ने पक्का उसको मनमा गड्यो हुन अरु बेलै पनि खुलेर कोही पनि बोल्न खोज्दैनथे त्यसैबाट नै समग्रमा अरुको सोचको पनि मूल्याकंन गर्नसक्नु पर्थ्यो उसले आफ्ना निम्ति लड्दा बिचरा दिदी, आमाले छिमेक आफन्तमै पनि कति दुस्मनी मोलिसके,” सोच्दै हिड्दैथि नरे काकाले डिभोर्सलाई धाउँदा खेरी नै भन्थेडिभोर्स पछि माइत बसेर हुन्न, हुर्केकी छोरी यतैबाट केटा मिलाउछु हुन्छ मात्रै भन तँ नभन्दैमा अदालतमै ल्याएर केटाको बाउसंग आमाहरुको भेट गराए आमा भडकिदै नै थिइन त्यहाँ केही नबोले पनि मुद्दाको फैसाला हुँदै जाँदा केटो पनि आयो जिउडाल मिलेको ब्याच्लर पड्दै गरेको लायकको केटो थियो केटोले एक दुई पटक सायरासंग भेट्यो, बाउलाई हुन्छ भन्यो काठमाण्डौ गयो पढाइकालागि त्यस यता रमेश अङ्कलले नै  सायराका परिवारसंग सम्पर्क बडाउन खोजे, कुरा राख्ने प्रयत्नमा जुटे दुर्भाग्यवश कोही छोरीको दोस्रो विवाह गराउने पक्षमा थिएनन्, ठूलदिदी, बुवा दाजु सिवाय जवान केटो, कन्ये केटी नै पाउदो हो भन्दै केटामा त्रुटि पहिल्याउने जमर्कोमा रहिरहे कान्छी दिदी आमा यदि दिदी आमाले सोचे जस्तै केटामा त्रुटि भएको भए, सायरा आफैलाई पनि यो पटक एउटा खतरा हुन सक्थ्यो यदि राम्रो भएमा जिन्दगीलाई एक अवसर पनि हुन सक्थ्यो अरुले जे जस्तो भने पनि सायरा यि दुवै अवस्थालाइै तयार देखिन्थि अन्तत केही सीप नलागेसी रमेश अङ्कलले सायरालाई यो मिति यो समय यसरी हामी तिमीलाई लिन आउने छौ भन्न मात्रै सके

सोच्दै हिड्दा धेरै माथि आइसकेकी थिइ पछि फर्केर हेर्दा मुस्किलले माइती घरको धुरी देखिनथाल्यो अब रुनको लागि आँसु पनि सकिइसकेसोची उसले अघि रोडको साइडमा उभिएका रमेश अङ्कल, रेशम केही आफन्त गाडी सहित देखिए आमा दिदीले एक आत्मानिर्भर   छोरी बनाउने ध्येयले घर फर्काएको तर आफैले त्यो ध्येयमा पानी फेरे भन्ने सोचेर मन अमिलो पारी । फेरी आफैलाई सान्तवाना पनि दिदै अर्को सोच गरिजीवनभर उनीहरुलाई आफ्नो सुरक्षाका लागि कहिले सम्म पहरेदार बनाउनु ? फेरी समाज नातागोतामा आफ्ना लागि लडेर किन बुढेसकालमा दुस्मनी बडाउनु मेरा निम्ति आखिर बस्नु समाजमै हो मर्दा पर्दा चाहिने त्यहीका मानिसहरु हुन आफ्नो निर्धो आत्माबल सङ्घेल्दै उसले अन्तिम पटक सोची, “मेरो कम उमेरको गल्तीले  मेरो वर्तमानलाई यति निर्धो बनाइदियो कि घर, समाजबाट टाढा रही आफ्नो पहिचान बनाउन आँट समेत गर्न सकिन एक गल्तीको साया बाट पार पाएँ तर पनि फेरी  एक पुरुषकै भर पर्न बाध्य छु, सहारा लिन बाध्य छु थाहा छैन, आउँदा दिनहरुले के कस्ता मोड दिने हुन जीवनलाई तर हाललाई एक मुठ्ठी भए पनि शान्तिको खोजिमा छु यति सोचिसक्दा आफूलाई साम्य पार्दै गाडीमा पसी धूलो छोड्दै गाडी अघि बढ्यो लाग्छ उडिरहेको पछि छुटिरहेको धूलो सायराको बिगत हो जुन यो धुलो जस्तै बिस्तारै बिलाएर जानेछ अघि बढिरहेको गाडी उसको नयाँ यात्रा हो, नयाँ जिन्दगी हो

🌝🌝समाप्त🌝🌝


No comments:

Post a Comment