Tuesday, 24 September 2019

शशी

धेरै दिन पछि आज फेरी दिन उज्यालो भएको थियो दिन उज्यालो भए पनि घामको किरण भने त्येति चम्किलो भने थिएन घाम बादलको लुकामारी भए झै भान भइरहेथ्यो, घरि बेस्सरी घाम लाग्थ्यो एक्कैछिनमा बादलले घामलाई निस्तेज पाथ्र्यो मानौ यहाँ कुनै नाटक मञ्चन भइरहेको थियो नाटकको एक दर्शक बनिरहेको थिएँ कहिल्यै नसक्किने रातहरु, रात भरि बगेका अश्रु धाराले डम डम सुन्निएका आँखाहरु झिझो लाग्दो भएको मेरो एक थान शरीर बादलको घुम्टो उघारेर फेरी घामले आकाशमा आफ्नो साम्राज्य कायम गरिसकेको थियो त्यसको प्रकाशले आँखाको पीडालाई उक्साउदै थियो चम्किलो प्रकाशले मेरा पीडाहरुलाई गिज्याउदै खित्का छोडेझै लाग्यो आफ्नै पीडाहरुमा कुनै तर्कना नगरी नतमस्तक थिए यत्तिकैमा खङ्ग्रङग आवाज आयो झस्किए पनि पट्के बिरालो पो रैछ दुध चोर्न पल्केको यो मापाकोलाई कहिले तह लगाउनै सकिएन अम्खराको पानी छताछुल्ल आँगन भरि भयो मेरी सानी पुतली शशी हुँन्थी आफ्नो सानो फुरफुरे जामा उचाल्दै ठस् ठस् कन्दै लाग्थी होली आँगन बढार्न पिल पिल गर्ने पुतली झै उसका आँखा, बाक्ला परेला, बाटुलो चेहरा अनि सेतो जामा, उसको हाउभाउ मीठो बोलि, लाग्थ्यो अशान्त कोलाहलमय यस घरको वातावरयामा रस भरेकी थि उसले यहाँको निर्जीवपनमा जीवन्तताको परिभाषा प्रष्ट्याएकी थिई माथि यस घरका सदस्यहरुको आक्रोश असन्तुष्टि आफ्नो अवोधता बाटै निवारण गरिदिन्थी मेरो संरक्षक जस्तै लाग्थ्यो घरिघरि शशी चार लागिसकेकी थिई यो घर भित्रिएको पनि पाँच वर्ष नाघेछ सासु आमाको क्षुद« वचन पतिको दिन रातको कुटाईको मारमा पर्ने घरेलु हिंसाको सिकार बनिसकेको छु रक्सीको नशामा लिप्त भएर मलाई कुट्न मात्र जानेको लोग्ने भनौदोको विरुद्ध लड्न मेरो हिम्मतले कहिल्यै काम गरेन तर कति हिम्मतवाली थि मेरी शशी खै त्यो बालखले के बुझेकी थि, आफु झै नम्र पाराले बाउलाई सिर्कनुले हिर्काउदै पो रैछे दुख्ला झै गरेर आमालाई दुख्यो नकुट भन्दै काहालिदै थी रक्सीको नशामा भए पनि छारीलाई खुब प्यार गर्ने, फुल्याउन बाहिर लगिहाल्थ्यो शशीको अबोधता देखेर कहिले च्याप्पै समातेर माया गरु झै लाग्थ्यो कहिले मन्द मन्द हाँसिदिन हाँसेछु पनि पीडै भए पनि एकैछिन

चार दिन भइसकेछ शशीलाई जंगल पु¥याएको भने भर्खर लामो निन्द«ाबाट तङ्ग्रिएकी जस्तै भएथेँ घाँस जानुथ्यो पानी घट्टा पनि खोल्नुथ्यो अर्को दिनबाट असारमासको समय थ्यो दुई महिना जोतिएर वर्ष भर खान पु¥याउन पर्ने आशा थिएन फेरी जागौला तर फेरि सोचे सास फुलाउँदै त्यी बुढाहरु कति पारिबाट आउँथे भारीका भारी अन्न कुटाउन आफुलाई झक्झकाएँ जीवनका त्यस अस्ताउँदो उमेरमा दमले सास फुलाउदै संघर्ष गर्न बुज्रुक अघि एक वयस्क सक्षम नारीले आफ्नो गरिमा कायम गर्नु नै पर्छ

ओहो, सासु आमा नजिकै थिइन हुलिया हेरे कर्के नजरले; हातमा बाल्टिन छिपछिपे हिलोमा लतपतिएको फरियामा थिइन आज पनि भैंसीले फाँचोमा हात लगाउन दिएन क्यारे हेर्दा पनि मुर्मुरिए जस्ती, लामालामा सासको फड्कोले नै गोली बारुदको भन्दा ज्यादा शक्ति प्रवाह गर्दै वरिपरि भग्नावशेष पर्लिन जस्ती तर मेरो अहो भाग्य, केही पनि नबोली भित्र पसिन हिजै मात्र पाडो फ्याकेको भैंसीले सुने आवाज दिइरहेथ्यो आफ्नो बच्चालाई अज्ञानी जात, बुझेन कि यस्ले आफ्नो बच्चा गुमाइसकेको थियो पनि आवाज दिइरहेको थियो सायद त्यही जनवार भइदिएकी भए नि हुने कुनै आशा राखेर आफ्नो सन्तानलाई पुकारीरहेको हुँन्थेँ होला, आफ्नी शशीलाई

डोको खुकुरी बोकेर हिडेँ आज पारी जगरा पुग्नु थियो तुहिने पुल पनि नाम मात्रको थ्यो पानीको उच्च बाहव देखेर होकी मेरो कमजोरीले मेरा आँखा तिर्मिराउन छाडेका थिएनन्

वर्षाले गर्दा बारीमा घाँस हरियो मौलाएको देखेँ सिम तिर घाँस काट्न के मुठ्याएकी मात्र थिए सिमका जुका स्याउस्याउति हातै भरि काहालिएँ नमज्जाले अनि वर आएर भीरको खर मज्जाले काट्न थाले एकलास जंगलमा अस्पष्ट गोठालाको मुरली गुञ्जयमान थियो मुरलीको धुनमा मैले पनि तिरिरि मुरली बन्यो वनैमा थपिदिए आज किन आफ्नो स्वर आफैला्ई बढो मीठो लागिरहेथ्यो हुन गीत त्यति नगाउने कम बोल्नेमा दबिएको स्वर गीतको भाका सर्दै जादा काम्न थाल्यो टक्क अडिए पर डिलबाट कोही हाइ हाइ गर्दै थियो कान्ला उक्लिए उहि रमेश आज पनि रमेश भन्दा पाँच वर्ष जेठा हुन आज पनि देख्छु उनी तिनै बारीमा बादर रुग्ने, आलु ड्याङ्गमा दुम्सी पासो थाप्ने वन बिरालो भगाउने बाहेक अरु केही नै गर्दैनन् तर फरक आज उनैलाई एक परिपक्क लक्का जवान देखेँ बस्नका लागि एउटा फल्याकको बस्ने बनाएका रैछन छेउमा घन्कने रेडियो उनी जन्मै देखि यस्तै हुन लाटा लठेब्रा आमा बावुका पाँच भाइ छोरा भए नि सबै डाँडापाखा लागिसके आफ्ना स्वार्थका खोजीमा छन बस् यिनै रमेश आमा बाबाका साथी तर उनीहरुको शेष पछि उनको के गति होला चिन्ता लाग्थ्यो दुबै जना हाइहाइ गर्दै थियौं, रमेश टक्क रोकिए हत्पत्त कुदे उनी, पनि पिछा लागे ओहो, तल्लो गरोबाट उक्लेर बाख्राले सबै धानको ब्याड निखारेछ कमलाको ब्याड थ्यो त्यो अन्दाधुन्द दगुर्दै खेदायो पारी तिर ब्याड मूनि हेरे मकै घारी बीचमा कोदो बारी, तल तरकारी बारी अनि कमलाको घर उमेरमा बिहे गरिनन्, आफ्नो अंशकालागि दाजुभाइहरुसंग लड्ने हक्की उनले आफ्नै सानो दुनियाँ बनाएकी थिइन कोदो लगाउथिन, तरकारी फलाउथिन, हाटमा आफ्नो उत्पादन बेच्थिन आमा पनि पालेकी थिन दुनियाँले देख्दा एउटा लोग्ने मान्छेको आड नभएकी भन्लान तर भने उनको आँट दृढ भावनाको बहुत सम्मान गर्थे त्यो समय लाग्यो कि पूरा पूरा समाज समक्ष उनको सच्चाइको वकालत गरुँ देखिन भने भलाकुसारी गर्न डाकिहाल्थिन् कसो कसो तर्केर हिडँे

आज असार पन्ध्र आज हाम्रो पनि रोपाइँ बिहान पिँडीबाटै देखेथे कालेले गोरु जोताउँदै गरेको यहाँ आइपुग्दा बाउसे टोली अर्को कान्ला उक्लिसकेछ, रोपाहाहरु तल्तिर काले देख्ने बित्तिकै कराउन थाले ओहो हल्दारनी साहेबा आज रुझाउनै ¥यो ...हल्दारनी मेरो पति हल्दार भएर चाहिदैन्थ्यो त्यो पहिचान मलाई भर्खरै कमलाको बारे सोच्दै आउँदै थिएँ दिल दिमाग उच्च पार्दै मलाई पनि एकल पहिचान चाहिएको थियो मात्र आफ्नो यो शशीकी आमा हल्दारनी दुबै पहिचानले मलाई खुम्च्याँउथ्यो सोच्न बाध्य गराउथ्यो कि के यी बिना मेरो कुनै अस्तित्व नै छैन

गोरुसंगै नारिएका कालेलाई देखेँ धेरै वर्ष भइसक्यो कालेको परिवारले हाम्रो जमिन कमाउन थालेको चार जना लालाबाला श्रिमति आफू एकको जहान कति खटिन्थे उनी कालेका बारे सोच्दा सोच्दै आफ्ना श्रीमान, काले रमेशलाई एकैपटक दाज्न पुगेछु पुरुष हुँदो हो कि काले जस्तो जो आफ्नो ज्ञान सम्झले नारीलाई सम्मान दिने कि रमेश जस्तो जस्लाई हेपेर वा आफ्नो सर्वच्चता कायम गरेर भएपनि नारी घर सम्हाल्न सक्थि दहि चिउराले मुख चटाएँ अब घर जानुथ्यो जंगलको बाटो छोटो भएकाले अलि अलि नपुगेको बुट्यान बटुल्न पाउथे भन्ने लागेर जंगलकै बाटो अपनाए दिन क्रमश धमिलिदै थियो केही नपुगेको जस्तो कसैको अनुपस्थितिमा आँस्ु सरी झरी वर्षत गराउला जस्तो मेरो मन शशीलाई सम्झेर भक्कानिदै थियो हुन पनि किन नहोस् शशीको बहुत समीप थिएँ ला, ब्वाँसाका आवाज मेरी शशी कति डराई होली एकाएक मुटुको धड्कन घाँटीमा आएर अड्किए झै लाग्यो सास भारी हुँदै आयो सिधा चल्नु पर्ने मेरा पाइलाहरु ज्ांगल तिर मोडिन थाले मेरो दिमागमा रिक्तता मात्र थियो के गर्दैथे केही हेक्का नै थिएन मग्मगाउँदो चिसो माटोले मलाई आफु तिर संकेत गराउदैथ्यो जस्तै लाग्यो हत्तपत्त माटो खोस्रिन थाले एकै पटक तल भन्द तल, छिटो भन्दा छिटो खजना तिर लालायित भए झैं अन्तत माटोले ढाकिएकी पुतलीका झै आँखा बन्द गरेकी सेतो मैलो जामा लगाएर चुपचाप निदाएकी शशीलाई देखेर डाँको छोडी रुन थालेँ एकछिन केहि नबोली बस्न नसक्ने मेरी शशी आज मौन थिई खस्रो छाला फोहोर अवस्थामा थिई फोहोरी बस्न पट्क्कै मन नपराउने आफैलाई गाली गरेँ कि कसरी मैले उसलाई त्यति टाढा त्यस्तो अवस्थामा रहन दिएँ होला सोच्दै घरि म्वाइँ खादै घरि अंकमाल गर्दै घण्टौ घण्टौ त्यही बिताएँ कतिखेर चेत हराएछ चेत फिर्दा पनि शशी मेरै काखमा परिरहेकी थिई शशी भइन्जेल मेरो जीवनको सार थियो काम बाट लखतरान भएर कोलाहमय घर टेके पनि उसको मन्द हाँसो, मीठो बोली थ्यो जस्ले मेरो सारा थकान पलभरमा हटाइदिएर जीउमा स्फूर्ति भरिदिन्थ्यो चेतनाले फेरि मलाई झक्झकाउन थाल्यो शशी हुनुको आभाष त्यस शरीरबाट हराइसकेको थियो थियो केबल एक मृत शरीर, एक सिनो माटो खोस्रिए शशीलाई पुनः त्यहीँ राखे उसको सुन्दर शरीरमा माटो हाल्न थालेँ मेरी शशी गाविदै तल भन्दा तल पुगी एकछिनमा देखिन छाडी पनि आफ्नो स्फूर्ति जम्मा पार्दै चार पाउ टेक्दै जगंलबाट बाहिर निस्के फेरी पनि शशीलाई भेट्न आउने वाचा गर्दै अध्यारोमा आफ्नो गन्तव्य तर्फ लागें

समाप्त